Suvadin, Home

प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाँदै बामदेव 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिन सिंगापुर जाने भएका छन् ।

नेता गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर जान लागेको उनको सचिवालयले जानकारी दियो । मंगलरबारमात्रै पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर गएका थिए ।

तर, प्रधानमन्त्रीले ‘वामदेव पनि आए हुन्थ्यो’ भन्ने आशय प्रकट गरेपछि उनी पनि सिंगापुर जान लागेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने जानकारी गराएको पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि नै बताइसकेका छन् ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरीरमा एन्टिबडीको मात्रा ज्यादा भएपछि प्लाज्माफेरिसिसको माध्यमबाट नष्ट गरिँदैछ । बुधबारै प्लाज्माफेरिसिस प्रक्रिया सकिने र शुक्रबार स्वदेश फर्कने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ  ।


 

More form the Internet

loading...