Suvadin, Home

Cover Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज दुर्घटना
हेर्दा–हेर्दै जल्याे बंगला एयरकाे विमान, यस्ताे छ पछिल्लाे अपडेट (हेर्नुहाेस् फाेटाेफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ। दुर्घटनामा भएकाे क्षतिकाे विवरण सार्वजनिक नगरिएपनि केही घाइतेलार्इ एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ।

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।

दुर्घटनामा भएकाे क्षतिकाे विवरण सार्वजनिक नगरिएपनि केही घाइतेलार्इ एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ। 

विमानमा चालक दलका चार सदस्य र ६७ जना यात्रु गरी ७१ जना रहेको विमानस्थल श्राेतले जनाएकाे छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हाे।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे विमानस्थल श्राेतले जनाएकाे छ। 

अाकाशमै अनियन्त्रित जस्ताे देखिएकाे जहाज केहीछिनमै दुर्घटनामा परेकाे हाे। दुर्घटनास्थल अासपासमा सुरक्षाकर्मी र सर्वसाधारणकाे भीड लागेकाे छ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।

अहिले उडान र अवतरण सबै उडानहरु रोकिएकाे विमानस्थलले जनाएकाे छ।


 

More form the Internet

loading...