Suvadin, Home
Citizen Bank 392.8k
Bridge Water

सामूहिक बलात्कारमा संलग्न चार जनालाई मृत्युदण्ड

उक्त घटनामा संलग्न अर्का एक जना पुरुषले सात वर्षको कैदको सजाय पाएका छन्। कानुन अध्ययन गर्दै गरेकी पीडित जाकिया सुल्ताना रुपा एउटा स्थानीय बसमा गत अगस्ट महिनामा यात्रा गर्दै थिइन्। सोही बसका चालक र अरू कर्मचारीले सो बसको अन्तिम यात्रु रहेकी उनको सामूहिक बलात्कार गरेका थिए।
फाइल तस्वीर

ढाका, १ फागुन – बंगलादेशको एउटा अदालतले एउटी युवतीको सामूहिक बलात्कार पछि हत्या भएको मुद्दामा चार जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।

उक्त घटनामा संलग्न अर्का एक जना पुरुषले सात वर्षको कैदको सजाय पाएका छन्। कानुन अध्ययन गर्दै गरेकी पीडित जाकिया सुल्ताना रुपा एउटा स्थानीय बसमा गत अगस्ट महिनामा यात्रा गर्दै थिइन्। सोही बसका चालक र अरू कर्मचारीले सो बसको अन्तिम यात्रु रहेकी उनको सामूहिक बलात्कार गरेका थिए।

प्रहरीले उनको शव राजधानी ढाकाबाट केही पर रहेको एउटा जंगलमा फेला पारेको थियो। त्यसको केही दिन पछि बसका चालक, उनका सुपरीवेक्षक र तीन जना सहायकहरूलाई पक्राउ गरिएको थियो।