Suvadin, Home
Nepal Telecom 927.2k

पुसको चिसोमा बरन्डामा सुत्छन् कैदीबन्दी

कारागारको क्षमता ३ सय ५० जनाको रहे पनि हाल ८ सय ५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरू कारागारको बरन्डामा सुत्न बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले बताए।

झापा, पुस २८


पुसको ठिहिर्याउने जाडोमा पनि झापा जिल्ला कारागारका कैदीबन्दी बरन्डामा सुत्न बाध्य छन्। क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेकाले यस्तो समस्या आएको हो।

कारागारको क्षमता ३ सय ५० जनाको रहे पनि हाल ८ सय ५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरू कारागारको बरन्डामा सुत्न बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले बताए।

कारागारमा ७ सय ८० पुरुष र तीन बालबालिकासहित ७६ महिला छन्। एउटै कोठामा १ सय ५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा पुसको कठ्याङग्रिदो जाडोमा पनि कैदी बरन्डामा रात बिताउन बाध्य भएको गुनासो गर्छन्।


 

More form the Internet

loading...