Suvadin, Home

वडा कार्यालय निर्माणका लागि जग्गा दान

मङ्लबार वडा कार्यालयमा एक कार्यक्रमकाबिच सोहि वडाका सहोदर दाजुभाइ मनऋषि र रत्नऋषि आचार्यले करिब २० लाख मूल्य बराबरको जग्गा दान गरेका हुन्। जसमा भाइ मनऋषिले ३ कट्ठा १० धुर र दाइ रत्नऋषि आचार्यले १ कट्ठा १० धुर जग्गा दान गरेको वडा नम्बर ३ का वडा सदस्य टंक ओलीले जानकारी दिए।

-लोक देउबा
कैलाली, २९  फाल्गुन - कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ को वडा कार्यालय निर्माणका लागि सोहि वडाका सहोदर दाजुभाइले ५ कट्ठा जग्गा दान गरेका छन्।

मङ्लबार वडा कार्यालयमा एक कार्यक्रमकाबिच सोहि वडाका सहोदर दाजुभाइ मनऋषि र रत्नऋषि आचार्यले करिब २० लाख मूल्य बराबरको जग्गा दान गरेका हुन्। जसमा भाइ मनऋषिले ३ कट्ठा १० धुर र दाइ रत्नऋषि आचार्यले १ कट्ठा १० धुर जग्गा दान गरेको वडा नम्बर ३ का वडा सदस्य टंक ओलीले जानकारी दिए।

तपाईंहरुले वडा कार्यलयलाई जग्गा दान गर्नुको खास करण के हो भन्ने हाम्रो प्रश्नमा जग्गा दाता रत्नऋषिले वडा कार्यालयको भवन निर्माणका लागि नम्बरि जग्गाको आवश्यकता पर्ने र आफुहरुको जग्गा ३ नम्बर वडाको मध्ये भागमा पर्ने भएकोले आफुहरुले जग्गा दान गरेको बताए।

आचार्यद्वयका अनुसार वडा कार्यालयले जुन बेला जग्गा पाश गर्न मालपोत कार्यलय जाउ भन्छ सो बेला आफुहरु वडाको नाममा जाग्गा पाश गर्न जान तयार रहेको समेत बताए।

वडा नम्बर ३ को मध्य भागमा रहेको सो जग्गासम्म जान सडकबाट सो स्थानसम्म समेत जग्गा दाता मध्ये एक मनऋषि आचार्यको जग्गा रहेकाले दान गरेको जग्गा सम्म जानका लागि १८ फुटे बाटो दिन समेत आफु तयार रहेको आचार्यले बताए।

जग्गा प्राप्ति पश्चात् अब जति सक्दो चाडो सो स्थानमा आफ्नै भवन निर्माण गर्ने कार्यमा तल्लिन हुने वडा अध्यक्ष करने सुनारले बताएका छन्।

अहिले बर्दगोरिया गाउपालिकाका ६ वटा वडामध्ये वडा नम्बर १ र ६ संगमात्रै आफ्नै भवन रहेको छ भने बाँकी वडा र गाउपालिका भवन भाडामा लिएर सेवा प्रदान गरिरहेका छन्।


 

More form the Internet

loading...