Suvadin, Home

बालकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, सुरक्षामा कडार्इ, मतदान सुचारु

कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन्। घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। सुरक्षाकर्मी तैनाथ गरिएपनि स्थिति साम्य भइनसकेकाे स्थानीय हरि कार्कीले बताएका छन्।
भक्तपुरको सानोठिमीस्थित आर्दश उच्च मावि केन्द्रमा लामबद्ध मतदाता। तस्वीरः नवीन पौडेल/रासस

भक्तपुर, मंसिर २१ – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको क्रममा भक्तपुर क्षेत्र नम्बर–२ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ।

कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन्। घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। सुरक्षाकर्मी तैनाथ गरिएपनि स्थिति साम्य भइनसकेकाे स्थानीय हरि कार्कीले बताएका छन्।

मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको कांग्रेसका प्रतिनिधिले आरोप लगाएका छन्। कांग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ। 

विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताएका छन्।

कांग्रेसका प्रतिनिधिले एमालेले कांग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सीसा फुटाएको आरोप लगाएको छ। एमालेले कांग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ। 

ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ भने त्यहाँका बासिन्दा आतंकित बनेका छन्। 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताएका छन्। सुरक्षा व्यवस्था कडा पारिएकाे उनले बताएका छन्।


 

More form the Internet

loading...