Suvadin, Home

भेडेटार बजार सेताम्मै, पर्यटककाे घुइँचाे
असिना पानी परेपछि जाडाे बढ्याे

भेडेटार आसपासका डाँडाहरु असिनाले सेतै देखिन थालेका छन्। सडकमा असिना थुप्रिएका कारण सडक अवरुद्ध भएको छ। अहिले धरान धनकुटा चल्ने सार्वजनिक तथा निजी सवारीसाथनहरु चल्न नसकेको भेडाटार स्थित प्रहरी चौकीले जनाएको छ।
भेडेटार बजार ।

धनकुटा, चैत ७ - भेडेटारमा असिना पानी परेपछि पर्यटककाे घुइँचाे लागेकाे छ। असिनापानी परेपछि भेडाटारमा अत्याधिक जाडो बढेको छ। धरानमा चिसो बढेको छ। होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीका अनुसार भेडेटारमा डेढ फिटसम्म असिना थुप्रिएको छ।

भेडेटार आसपासका डाँडाहरु असिनाले सेतै देखिन थालेका छन्। सडकमा असिना थुप्रिएका कारण सडक अवरुद्ध भएको छ। अहिले धरान धनकुटा चल्ने सार्वजनिक तथा निजी सवारीसाथनहरु चल्न नसकेको भेडाटार स्थित प्रहरी चौकीले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले भोली सम्म असिना पानी पर्न सक्ने पूर्वानुमान गरेको छ। भेटेडारमा यसरी असिना परेकाे पहिलाे पटक भएकाे जानकारहरू बताउँछन्। अहिले भेडेटारमा असिना खेल्नेहरूकाे भिड बढ्न थालेकाे छ।


 


 

More form the Internet

loading...