Suvadin, Home

Cover Image

२५ हजार धरौटीमा छुटे पूर्व सचिव उपाध्याय

पूर्व सचिव भीम उपाध्यायलाई जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार उनीविरुद्ध साइबर अपराध मुद्दा दर्ता भएकोमा २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।

काठमाडौं । पूर्व सचिव भीम उपाध्यायलाई जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार उनीविरुद्ध साइबर अपराध मुद्दा दर्ता भएकोमा २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् गाली गलौज गरेको आरोपमा उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

पूर्वसचिव उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुकमा दोहोरी चलेको थियो । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


 

More form the Internet

loading...