Suvadin, Home
Nepal life 3.778M

निर्मला पन्त बलात्कार र हत्या प्रकरणः
‘कांग्रेसले राजनीतिक स्वार्थपूर्तिका लागि मेयरको बदनाम गराउन खोज्यो’

‘भीनपा १८ का वडा अध्यक्षको हैसियतले यो घटनालाई शुरुदेखि हेरेको छु, कांग्रेस समितिले म मात्रै भीनपा कार्यालयसित कुनै जानकारी लिएको छैन’, नगर कार्यपालिका प्रवक्ता पाण्डेयले भने – ‘अहिले प्रतिवेदनमा नगर प्रमुख बिष्टसित जोडेर अनावश्यक रुपमा चरित्र हत्या हुने गरी राजनीतिक प्रतिशोध साध्न कपोकल्पित भ्रामक कुरा प्रतिवेदनमा समावेश गरिएका छन्, त्यसमा नगर कार्यपालिका खेद व्यक्त गर्दछ र कांग्रेस समितिलाई सत्यतथ्य कुरा प्रतिवेदनमा समावेश गर्न आग्रह गर्छ।’
नगरपालिका कार्यालय।

मदन गिरी, महेन्द्रनगर, १९ भदौ – भीमदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले नेपाली कांग्रेसले निर्मला पन्तको हत्या सम्बन्धी संसदलाई जानकारी गराएको स्थलगत प्रतिवेदनमा राजनीतिक स्वार्थपूर्तिका लागि भीमदत्तका नगर प्रमुख सुरेन्द्र बिष्टको बदनाम गर्न दुस्प्रयास गरेको बताएका छन्। साथै उनले अनावश्यक रुपमा बिष्टको नाम जोडिएको भन्दै असन्तुष्टि जनाएका छन्।

नगर कार्यपालिका प्रवक्ता पाण्डेयले कांग्रेस स्थलगत समितिले आफूहरुसँग निर्मला पन्त हत्यासम्बन्धी कुनैपनि किसिमको जानकारी नलिई नगर प्रमुखको बदमान गराउने नियत राखेर प्रतिवेदन तयार गरिएको बताए।

‘भीनपा १८ का वडा अध्यक्षको हैसियतले यो घटनालाई शुरुदेखि हेरेको छु, कांग्रेस समितिले म मात्रै भीनपा कार्यालयसित कुनै जानकारी लिएको छैन’, नगर कार्यपालिका प्रवक्ता पाण्डेयले भने – ‘अहिले प्रतिवेदनमा नगर प्रमुख बिष्टसित जोडेर अनावश्यक रुपमा चरित्र हत्या हुने गरी राजनीतिक प्रतिशोध साध्न कपोकल्पित भ्रामक कुरा प्रतिवेदनमा समावेश गरिएका छन्, त्यसमा नगर कार्यपालिका खेद व्यक्त गर्दछ र कांग्रेस समितिलाई सत्यतथ्य कुरा प्रतिवेदनमा समावेश गर्न आग्रह गर्छ।’

नगर कार्यपालिका प्रवक्ता पाण्डेयले कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई नगर प्रमुख बिष्टको बदनाम हुने गरी प्रतिवेदनमा समावेश गरिएका सबै विषय पु्ष्टि गर्न चेतावनी दिएका छन्। 
‘नगर प्रमुख विरुद्ध प्रतिवेदनमा समावेश गरिएका विषय पुष्टि गर्न चेतावनी दिन चाहन्छु’, प्रवक्ता पाण्डेयले भने – ‘यसो गर्दा केही सन्तुष्टि त होला, तर त्यसको कुनै अर्थ हुने छैन।’

कांग्रेसका नेता एवम् बडू र अर्का नेता वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदन सोमबार संसदलाई जानकारी गराएको छ।

प्रतिवेदनमा नगर प्रमुख बिष्ट निर्मलाको शव भेटिएको दिन पटक पटक बोलाउँदा पनि नगएको, पछि सुरक्षाकर्मीले आउन रोकेको र भीनपाका प्रवक्तालाई बोलाउन गएकासँग उखुबारीमा सर्पले टोकेर मृत्यु भएको पनि हुन सक्छ भनेको जानकारी प्राप्त भएको भनेर उल्लेख गरिएको छ।

नगर कार्यपालिका प्रवक्ता पाण्डेयले आफूले कसैलाई पनि केही नभएको उल्लेख गर्दै आफू र नगर प्रमुख बिष्टको बदनाम गराउने तथा आफू र नगर प्रमुखबीच फाटो ल्याउने नियत राखेर प्रतिवेदनमा समावेश गरिएको बताए। 

भीनपाका नगर प्रमुख बिष्टले निर्मला हत्या प्रकरणमा आफूसित जोडेर आएका विषय पुष्टि भए आफू राजनीति छाड्ने घोषणा गरेका थिए। उनले विशेष कारणवश शव भेटिएको स्थानमा जान नपाएपनि त्यसपछि निर्मलाको हत्यामा संलग्नलाई कारबाही र पीडित परिवारलाई सहयोगको लागि पहल गर्दै आएको बताएका छन्।

‘मेराविरुद्ध जति अफवाह फैलाए पनि त्यसले मलाई केही असर गर्दैन, राजनीतिक प्रतिशोधका लागि मेरा विरुद्ध जे जति दुष्प्रचार गरिएका छन्, त्यसको भ्रममा नपर्न आग्रह गर्छु’, नगर प्रमुख विष्टले भने – ‘यस्ता दुष्प्रचार धेरै दिन टिक्न सक्दैनन्।’

नगर प्रमुख बिष्टले सर्पले टोकेर मरेको भनेको हो भन्ने हल्ला फैलाएर साउन ११ गते निर्मला शव लिएर नगरपालिका कार्यालयको प्रवेशद्वारमा ल्याएर प्रदर्शन गरिएको थियो। त्यसमा केही भीनपाका जनप्रतिनिधि सहभागी भएका थिए।


 

More form the Internet

loading...