Suvadin, Home

Cover Image

भोजपुरमा जिप दुर्घटना ११ घाइते

दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिकाकी आस्मा राई, सन्तोष चौहान, रानीबास दितेनीका लंकमान राई, गोपाल बस्नेत, प्रितम राई, देवानटार बयाङका जितमान राई, कुसुम राई, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक बराहक्षेत्र १ सुनसरीका जीवन सुवेदी घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताए।

भोजपुर, २२ पुस - भोजपुर जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।

आइतबार दिउँसो यात्रु बोकेर घोरेटार बजार आउँदै गरेको को १ ज ९० नम्बरको जिप खैराङमा ब्रेक फेल हुँदा २ सय मिटर तल खसेको थियो।

दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिकाकी आस्मा राई, सन्तोष चौहान, रानीबास दितेनीका लंकमान राई, गोपाल बस्नेत, प्रितम राई, देवानटार बयाङका जितमान राई, कुसुम राई, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक बराहक्षेत्र १ सुनसरीका जीवन सुवेदी घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताए।

घाइतेमध्ये रानीबास दितेनीका ४६ वर्षीय लंकमान राई र २५ वर्षीय प्रितम राईको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्न लगिएको छ।


 

More form the Internet

loading...