Suvadin, Home

Cover Image

५३ हजारमा परीक्षण गर्दा ५२ संक्रमित, १६ जनाले जिते कोरोनालाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म देशभर ५३ हजारको कोरोना परिक्षण गर्दा ५२ संक्रमित भेटिएको र १६ जना निको भएर घर फर्किएको जनाएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म देशभर ५३ हजारको कोरोना परिक्षण गर्दा ५२ संक्रमित भेटिएको र १६ जना निको भएर घर फर्किएको जनाएको छ ।

सोमबार मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जम्मा १ सय ६ जना आइसोलसनमा राखिएका छन् ।

यस्तै २७ हजार ५ सय ४२ जनाले स्वमुयांकन फारम भरेकोमा जम्मा ३ सय ४ जनामाथि सरकारले संकास्पद भन्दै निगरानी गरिराखेको छ । 


 

More form the Internet

loading...