Suvadin, Home
Bridge Water 138.2k

मुलुकभरि भइरहेकाे बम अातंककाे रहस्य!
रुकमाङ्गद, देवी अाेझा, खुमबहादुरदेखि नेत्रबिक्रमसम्मकाे 'राष्ट्रवाद'काे खेल!

निर्वाचन अाउन एक महिना बाँकी रहेका बेला कात्तिक महिनाकाे तेश्राे साता लैनचाैरकाे एक हाेटलमा बसेकाे बैठकले 'राष्ट्रवादकाे लडाइँका लागि एक हुने' निर्णय गरेकाे हाे।
कटवाल, खड्का र विप्लव।

काठमाडौं, मंसिर २० – दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्न नेपाल कम्युनिष्ट पार्टीकाे नाममा बम अातंक मच्चाउनेहरूमा नेपाली सुरक्षा निकायका पूर्व उच्च पदाधिकारीदेखि नेत्रबिक्रम चन्द विप्लवसम्म रहेकाे खुलाशा भएकाे छ।

निर्वाचन अाउन एक महिना बाँकी रहेका बेला कात्तिक महिनाकाे तेश्राे साता लैनचाैरकाे एक हाेटलमा बसेकाे बैठकले 'राष्ट्रवादकाे लडाइँका लागि एक हुने' निर्णय गरेकाे हाे।

बैठकमा नेकपा समूहबाट विप्लव, पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल, ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनकालमा केन्द्रीय अनुसन्धान ब्यूराेका प्रमुख रहेका देवी अाेझा तथा भ्रष्टाचार अभियाेगमा मुछिएका खुमबहादुर खड्कासहित केही ज्ञानेन्द्रका पूर्व सहयाेगी थिए।

'बैठकमा राष्ट्रवादकाे लडाइँका लागि एक हुने सहमति भएकाे हाे,' शुभदिन श्राेतले भन्याे, 'बम कहाँ–कहाँ र कसरी राख्ने भन्ने विषयमा पनि त्यसैदिन फाइनल भएकाे हाे।'

ज्ञानेन्द्र शाहका पक्षमा लबिङ गर्दै अाएका कटवाल, अाेझालार्इ भेट्न विप्लव अाफ्नै अाएकाे पनि खुलेकाे छ। अर्धभूमिगत रहेका विप्लवलार्इ अावश्यक अार्थिक उपलब्ध गराउने प्रतिवद्धता कटवाल, अाेझा र खड्काले गरेका थिए।

'तर, निर्वाचन जसरी पनि राेकिनु पर्छ भन्ने उहाँ (कटवाल, अाेझा र खड्का) हरूकाे माग थियाे,' शुभदिन श्राेतले भन्याे, 'सुरक्षित रुपमा काम गर्नका लागि सेवा निवृत सुरक्षाकर्मी र अनुसन्धानका कर्मचारी दिने सहमति भएकाे थियाे।' साेही अनुरुप गए काम सफल हुने अठाेट चार जनाकाे थियाे। 

के हाे 'राष्ट्रवादी' अान्दाेलन?

पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल, देवी अाेझा र खुमबहादुर खड्काले गणतन्त्रविरुद्ध अभिव्यक्ति दिँदै अाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलार्इ सत्ताबाट हटाउने बेलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेइरालालार्इ 'बेबीकिङ'का लागि दबाब दिने कटवाल, अाेझाहरू नै हुन्।

'दरबार पाेषित कटवाल, अाेझाहरू नूनकाे साेझाे गर्ने अभियानमा छन्, उनीहरूकाे राष्ट्रवादकाे राग त्यति हाे,' श्राेतले भन्याे।

याे पनि पढ्नुहाेस्ः

कसरी हुँदैछ बम विस्फाेटकाे अातंक, विप्लवकाे छाँयामा काे–काे छन् संलग्न?


 

More form the Internet

loading...