Suvadin, Home

विप्लव नेता हृदयको भिरबाट खसेर मृत्यु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताको भिरबाट खसेर मृत्यु भएको छ ।

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताको भिरबाट खसेर मृत्यु भएको छ । जिल्लाको पलाता गाउँपालिका–५ खिन निवासी विप्लवका एरिया कमिटी सदस्य हरिचन्द विक ‘हृदय’ को भिरबाट खसेर मृत्यु भएको हो । 

उनको बिहीबार साँझ भीरबाट खसेर मृत्यु भएको हो । उनी छलाहाँ गाउँबाट खिन घरतिर जाँदै गर्दा भीरबाट खसेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

नेकपा कालिकोटले शोक वक्तव्य जारी गर्दै पार्टीको एरिया कमिटी सदस्य विकको निधनले सिंगो पार्टीलाई ठूलो क्षति भएको जनाएको छ। 


 

More form the Internet

loading...