Suvadin, Home

Cover Image

विप्लवको बन्‍द प्रभाव : काठमाडौंमा सामान्य, उपत्यकाबाहिरको जनजीवन प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्‍द विप्लव समूहको आह्वानमा गरिएको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्‍दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चल्‍न सकेका छैनन् भने शैक्षिक संस्था, बजार, उद्योगधन्दा बन्द रहेका छन् । 

सर्लाही इञ्‍चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव समूहले मंगलबार नपाल बन्‍दको आह्वान गरेको थियो । पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । 

प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

 बन्‍दले उपत्यका बाहिर जनजीवन प्रभावित बने पनि काठमाडौंमा भने आंशिक प्रभाव देखिएको छ । 

केही ठाउँमा बमसमेत भेटिएका छन् । उक्त बम विप्लव समूहले नै राखेको हुनसक्‍ने आंशका गरिएको छ । नेपाली सेनाको टोलीले विभिन्‍न ठाउँमा भेटिएका बमहरुलाई निस्क्रिय पारेको छ । 
 


 

More form the Internet

loading...