Suvadin, Home

पटाका बनाउने कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु

यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन्। बिहारको राजधानी पटनाबाट करिब ७९ किलोमिटर दक्षिणमा रहेको नलान्दा जिल्लाको बिहार सारिफमा रहको सो कारखानाभित्र बिहीबार राति विस्फोटन भएको प्रहरीस्रोतले जानकारी दिएको छ।
फाइल तस्वीर

नयाँ दिल्ली, चैत  ९–भारतीय पूर्वीराज्य बिहारमा अवस्थित पटाका बनाउने एक कारखानमा भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।

यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

बिहारको राजधानी पटनाबाट करिब ७९ किलोमिटर दक्षिणमा रहेको नलान्दा जिल्लाको बिहार सारिफमा रहको सो कारखानाभित्र बिहीबार राति विस्फोटन भएको प्रहरीस्रोतले जानकारी दिएको छ।

उक्त विस्फोटमा परी घाइते भएकालाई नजिकैको स्वास्थ्य उपचार केन्द्रमा लगिएको छ। घाइतेमध्ये सात व्यक्तिको अवस्था भने चिन्ताजनक रहेको उपचार केन्द्रले जानकारी दिएको छ।

स्थानीय समाचारदाताका अनुसार सो कारखाना गैरकानूनीरुपमा सञ्चालन हुँदै आएको छ। जिल्ला प्रशासनले सो घटनाको अनुसन्धान जारी रहेको बताएको छ। 


 

More form the Internet

loading...