Suvadin, Home

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डेटा सेन्टर उपत्यका बाहिर विस्तार गरिएको हो । अबको निकट भविष्यमै बुटवलमा समेत डेटा सेन्टर स्थापना गर्ने गरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएको छ ।


इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनीडेटा सेन्टर विस्तारमा जुटेकाे बताइएको छ । कम्पनीका अनुसार बिराटनगरमा स्थापना गरिएको डेटा सेन्टरमार्फत पूर्वी क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् ।उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ ।उक्त डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न एक सय जीबीपीए प्रतिसेकेण्डको ब्याकबोन नेटवर्क जडान गरिएको छ । कम्पनीले हाल बिराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ ।

कम्पनीकाअनुसार बिराटनगरको डेटा सेन्टरमार्फत् प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिने छ । ग्राहकको मागअनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा ‘पेयरिङ’ गरिएको छ । जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ । उक्तडेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चाैबिसै घण्टा कार्यरत रहेका छन् । साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याकअप सिस्टमसमेत राखिएको छ ।


 

More form the Internet

loading...