Suvadin, Home

डुङ्गा दुर्घटनामा, ११ जनाको मृत्यु, ५ बेपत्ता

यस दुर्घटनामा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको र अरु ५ जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन्। आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ। पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण त्यस दुर्घटना भएको जनाइएको छ।

वासिङ्टन, ४ साउन – अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।

यस दुर्घटनामा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको र अरु ५ जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन्।

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ। पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण त्यस दुर्घटना भएको जनाइएको छ।

त्यस दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ। यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको त्यस घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए। तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ। 


 

More form the Internet

loading...