Suvadin, Home

बोको हरामद्वारा ११० लाई नियन्त्रणमा लिएको पुष्टि

ती छात्राहरुलाई देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने डाप्ची शहरमा रहेको कम्या क्याम्पसबाट बोको हरामका लडाकूहरुले अपहरण गरेका थिए। चर्चित मानवअधिकारबादी तथा वकिल एैशा अल्काली बाकिलले अपहरित ती छात्राहरुलाई सुरक्षित, स्वास्थ र राम्रो अवस्थामा राख्न बोको हरामलाई आग्रह गरेका छन।

अबुजा, फागुन २० – नाइजेरियाली आतङ्कवादी समूह बोको हरामले हराइरहेका ११० जना छात्राहरुलाई आफ्नो नियन्त्रणमा राखिएको पुष्टि गरेको छ। सरकारी वार्ताकारहरुले ती छात्राहरुलाई सरकारी सेनासँग फिर्ता ल्याउन बोको हरामको कमाण्डरसँग माग गरेको मानवअधिकारवादीहरुले शुक्रबार जनाएका छन्।

ती छात्राहरुलाई देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने डाप्ची शहरमा रहेको कम्या क्याम्पसबाट बोको हरामका लडाकूहरुले अपहरण गरेका थिए। चर्चित मानवअधिकारबादी तथा वकिल एैशा अल्काली बाकिलले अपहरित ती छात्राहरुलाई सुरक्षित, स्वास्थ र राम्रो अवस्थामा राख्न बोको हरामलाई आग्रह गरेका छन।

जवाफमा बोको हरामका नेता अल बर्नावीले ती छात्राहरुलाई कुनै असर र अप्ठार्यारो पर्न नदिने र नमार्ने प्रतिवद्धता जनाएको नाइजेरियाको समाचार संस्थाले उल्लेख गरेको छ।

यसै हप्ताको शुरुमा चर्चित मानवअधिकारवादीहरुले अपहरित छात्राहरुलाई रिहा गर्न खुल्ला रुपमा आग्रह गरेका थिए। संयुक्त राष्ट्रसंघले बोको हरामले गरेको आतङ्कवादी आक्रमणका कारण सन् २००९ देखि हालसम्म झण्डै २० हजार जनाको मृत्यु भएको जनाएको छ।


 

More form the Internet

loading...