Suvadin, Home

ललितपुरमा बम फेलाः
नेपाली सेनाको टोलीद्वारा बम निस्क्रिय

सेनाका अनुसार बममा अति प्रज्वलनशील मानिने सल्फर पाउडर र सिसाका टुक्राहरु रहेको थियो। प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट युएन पार्कतर्फ भागेका थिए। बम फेला परे लगत्तै शुरुमा नेपाल प्रहरीले बमलाई बीच सडकबाट सुरक्षित स्थानतर्फ लगेको थियो।
ज्वागलमा सडकमा राखिएको बम।

ललितपुर, २९ साउन – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।

सेनाका अनुसार बममा अति प्रज्वलनशील मानिने सल्फर पाउडर र सिसाका टुक्राहरु रहेको थियो।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट युएन पार्कतर्फ भागेका थिए।

बम फेला परे लगत्तै शुरुमा नेपाल प्रहरीले बमलाई बीच सडकबाट सुरक्षित स्थानतर्फ लगेको थियो।

त्यसपछि ढुङ्गाले हानेर बमलाई निस्क्रिय पार्ने प्रयास गरिएको थियो।

लगत्तै, त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली आएर बमलाई निष्क्रिय बनाएको थियो।
 


 

More form the Internet

loading...