Suvadin, Home

नेपालको पूर्वी नाका शिलबन्दी, आवतजावतमा कडाई

एक सय १८ किलोमिटर नाका सोमबार बेलुका ६ बजेबाटै पूर्ण रुपमा शिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी क्रषिराम तिवारीले बताएका हुन्। झापाको पूर्वी नाका काँकरभिट्टा–पानीट्यांकी र भद्रपुर–गलगलिया बोर्डरसहितका खुला नाकाहरू बन्द गरिएको छ। 
सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र नेपाल प्रवेश गर्ने सर्वसाधारण। तस्वीरः खगेन्द्र/शुभदिन

खगेन्द्र घिमिरे, झापा मंसिर १९ – आसन्न मसिंर २१ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गरेको नेपालको पूर्वी सीमा शिल गरिएको छ। भारतको बंगाल राज्यसँग जोडिएको झापाको नाका शिल गरिएको हो।

एक सय १८ किलोमिटर नाका सोमबार बेलुका ६ बजेबाटै पूर्ण रुपमा शिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी क्रषिराम तिवारीले बताएका हुन्। झापाको पूर्वी नाका काँकरभिट्टा–पानीट्यांकी र भद्रपुर–गलगलिया बोर्डरसहितका खुला नाकाहरू बन्द गरिएको छ। 

२१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीले सोमबार बेलुका ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका शिल गरेका हुन्।

सोमबार बेलुका ६ बजेदेखि बिहीबार बेलुका ६ बजेसम्म झापाका सबै बोर्डर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। 

तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति आवतजावत गर्न नपाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। अति आकस्मिक र व्यक्तिको संवेदनशीलता हेरेर प्रहरी, प्रशासनसँगको समन्वयमा आवतजावत गर्न दिइने प्रशासन कार्यालय झापाले जनाएको छ। 

बोर्डर शिल भएपनि भारतबाट नेपालतर्फ आउने नेपाली मतदाताहरु उल्लेख्य रुपमा देखिएका छन्। उनीहरुलाई आवश्यक कागजात देखाएर सहज रुपमा नेपाल प्रवेश गराइँदै छ। 

त्यस्तै, झापा सीमा क्षेत्रमा तैनाथ नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मीले निर्वाचनलाई लक्षित गर्दै झापाको खुल्ला सीमा क्षेत्रमा विशेष निगरानी बढाएका छन्।

भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने नागरिकमाथि कडा निगरानी बढाएको जनाइएको छ। साथै दुवै देशका सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा संयुक्त रुपमा सीमा गस्ती बढाएको छ।

नेपालको तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय एसएसबी, बिहार तथा बंगाल प्रहरीले सीमा सुरक्षामा निगरानी गरिरहेका छन्। निर्वाचन नजिकिँएसँगै केही दिन सीमा संयुक्त गस्ती बढाएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले जानकारी दिएका छन्।

उनका अनुसार १५ जना सशस्त्र प्रहरी ९ जना नेपाल प्रहरी र १६ जना भारतीय एसएसबी र प्रहरी गरी ४० जनाको सुरक्षाकर्मीको टोलीले झापाका सीमा क्षेत्रमा नियमित गस्ती गरिराखेका छन्। संयुक्त गस्तीमा नेपालको तर्फबाट अधिकृतस्तरका प्रहरीको कमाण्ड रहने छ।

भारतीयतर्फबाट पानीट्यांकी, गलगलिया, देवीगञ्ज, भातगाउँ, ठाकुरगञ्ज, कादोगाउँ, डिगलबैङ्क, लगायतका थाना इञ्चार्जको कमाण्डमा हुने सुवेदीले बताए। झापामा  मुख्य, सहायक, साना र रिफरेन्स गरी ९ सय ३ वटा स्तम्भ रहेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ।


 

More form the Internet

loading...