Suvadin, Home
भोजपुर–घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ। मंगलबार बस सञ्चालनमा आएपछि स्थानीयले अबिरजात्रा सहित स्वागत गरे। संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले ४५ किलोमिटर सडक खण्डमा बस संचालन भएको जानकारी दिए।
बस पुगेपछि स्थानीय।

भोजपुर, वैशाख ६– भोजपुर–घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ। मंगलबार बस सञ्चालनमा आएपछि स्थानीयले अबिरजात्रा सहित स्वागत गरे। संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले ४५ किलोमिटर सडक खण्डमा बस संचालन भएको जानकारी दिए।

बस पुगेपछि त्यहाँका स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरे। उनीहरु निक्कै उत्साहित छन्। सोही सडकखण्डमा दैनिक एउटा बस सञ्चालन गरिनेसमेत अध्यक्ष मोक्तानले बताए। केही महिना अगाडि सञ्चालनमा ल्याउने तयारी थियो। तर, बेमौसमी वर्षाका कारण ढिलो गरी संचालनमा आएको हो। रासस 


 

More form the Internet

loading...