Suvadin, Home
Citizen Bank 421.6k

Cover Image

अज्ञात समूहद्वारा बसमा आगजनी, तीन जना पक्राउ

गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।
file-photo

कैलाली,३० फागुन-पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राति पौने चार बजे बसमा आगजनी गरिएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ।

गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

 यस्तै, सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो। 


 

More form the Internet

loading...