बङ्गलादेशमा बस दुर्घटना, एघार जनाको ज्यान गयो

ढाका, फागुन १ - बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।
यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिएका छन्। दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै मृत्यु भएको बेगमले जानकारी दिए।
स्थानीय समयानुसार विहान ९ बजे दुर्घटना भएका दुवै बसका घाइते यात्रुहरुको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
एक मिनिबसले अर्को बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरी प्रमुख बेगमले जानकारी दिए ।रासस