Suvadin, Home

Cover Image

दोलखामा बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ घाइते

शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ गएको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना  भएको हो।
सांकेतिक चिन्ह।

दोलखा,१ चैत्र-दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार लिएर गुडेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। 

शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ गएको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना  भएको हो।

सिनो हाइड्रोले भाडामा चलाएको उक्त बसमा सवार सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 प्रहरी निरिक्षक फुर्गेली शेर्पाको अनुसार दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ। 


 

More form the Internet

loading...