Suvadin, Home

पाल्पामा बस दुर्घटना, १२ को मृत्यु

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १ सय ५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिएका छन्। बसमा २७ जना सवार थिए। घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।

पाल्पा, १८ जेठ –पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ९ पुरुष र तीन महिला रहेका छन्। प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९ सय ७५ नम्बर को बस हुमिनमा दुर्घटना भएको हो।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १ सय ५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिएका छन्। बसमा २७ जना सवार थिए। घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।

गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 


 

More form the Internet

loading...