Suvadin, Home

कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच घाइते 

इटहरीबाट धरान गइरहेको बा १५च २०६३ नम्बरको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा कारमा सवार धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ। 
स्केच: Dream city net

इटहरी, चैत  ५-  इटहरीबाट धरान गइरहेको बा १५च २०६३ नम्बरको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा कारमा सवार धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ। 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार दिउँसो ३ बजेतिर तीव्र गतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा अन्दाजी वर्ष ४५ का विष्णु लिम्बूको घटनास्थलमा मृत्यु भएको हो।साे घटनामा एकै परिवारका पाँचजना घाइते छन्। 

लिम्बूकी श्रीमती ३७ वर्षीया दिलकुमारी, पाँच महिने बच्चा तथा कार चालक राजेन्द्र लवागुन, उनका १० वर्षीय छोरा नीरज लवागुन र श्रीमती सुशीला लवागुन घाइते छन्। उनीहरू सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। रासस
 


 

More form the Internet

loading...