Suvadin, Home

आइतबार बिहानै पत्रकार ऋषि धमलाको कार दुर्घटना

लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो।

काठमाडौं,२६ फागुन-  रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन्।आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन्।

लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो।

दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ। मोटरसाइकल चालक पनि घाइते भएका छन्। धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन्।

चालकलाई अस्पताल भर्ना गरिएको छ।अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो। कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन्।


 

More form the Internet

loading...