Suvadin, Home
Nepal life 3.285M

भत्ता रकम हिनामिना गर्ने सचिवसहित तीन जनाविरुद्ध मुद्दा

आयोगका अनुसार मृत व्यक्तिको नागरिकता पेश गरी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा तत्कालीन गाविस सचिव रेवतीकुमार कोइराला, तत्कालीन कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठ र अर्का सहयोगी मनिष चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ। 

काठमाडौं, २२ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम लिइ भ्रष्टाचार गरेको अभियोगमा भोजपुरको साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार मृत व्यक्तिको नागरिकता पेश गरी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा तत्कालीन गाविस सचिव रेवतीकुमार कोइराला, तत्कालीन कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठ र अर्का सहयोगी मनिष चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ। 

सचिव कोइरालाले रु ८३ हजार, कार्यालय सहयोगी श्रेष्ठले रु दुई लाख २७ हजार र अर्का सहयोगी चौधरीले रु दुई लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ।

मृत्यु एवं बसाइँसराइ गरिसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी ती व्यक्तिको फर्जी औँठा छाप लगाई रकम झिकी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए। 


 

More form the Internet

loading...