Suvadin, Home

Cover Image

सीमा नाकामा सीसीटीभी क्यामरा जडान

काठमाडौं । नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सीसीटीभी क्यामरा जडान गरेको छ। सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सीसीटीभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको हो।

बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलालाई दृष्टिगत गर्दै सो सहायता कक्ष राखिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिए।

सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न स्थानीय प्रहरीको साझेदारीमा गाउँपालिकाले गरेको कामले यस क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


 

More form the Internet

loading...