Suvadin, Home

निर्मला हत्या प्रकरणः सुरक्षाको माग गर्दै बम दिदीबहिनी काठमाडौंमा

प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेको छैन। अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन्।

काठमाडौं,६ माघ-निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको भन्दै सुरक्षा मागका लागि काठमाडौं आएको बताएका छन्।

बम दिदीबहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार माग्न काठमाडौं आएको उनीहरुले बताएका हुन्।  निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ।

प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेको छैन। अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन्।


 

More form the Internet

loading...