Suvadin, Home

भारतीय 'चन्दयान- २' सम्पर्कविहीन

चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान - २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ । 

एजेन्सी । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान - २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ । 

सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो) का प्रमुख के. सिभनले बताए । 

उनले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान-२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए ।

इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो । तर अवतरण नहुदै भारतको समय अनुसार राति १.५५ मा यान सम्पर्क विहिन भएको सिभनको भनाई छ । 

यही कामका लागि अरु देशले धेरै खर्च गर्ने गरेकोमा भारतमा भने अहिले १५ करोड अमेरिकी डलर लगानी गरिएको थियो 
। 
यसअघि सन् २००८ मा भारतले नै प्रक्षेपण गरेको चन्द्रयान-१ ले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको तथ्य पत्ता लगाएको थियो ।

योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुगेका थिए । 


 

More form the Internet

loading...