Suvadin, Home

Cover Image

प्रदेश सरकारको निर्णयमाथि थारु समुदायको असन्तुष्टी

थारु समुदायको पर्वलाई प्रदेश सकारले बुझ्न नसकेको आरोप समेत उनीहरूले लगाएका छन्। थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघीमा तीन दिन विदा दिन प्रदेश सरकारसँग माग गरेको छ।

-कैलाश जोशी
धनगढी, २६ पुस – सुदूरपश्चिम प्रदेश सरकारले माघीमा एक दिन मात्र बिदा दिएको भन्दै थारु समुदायले असन्तुष्टी व्यक्त गरेको छ। बिहिबार विज्ञप्ति निकाल्दै थारु अगुवाहरुले प्रदेशको निर्णयमाथि असन्तुष्टी जनाएका छन्।

थारु समुदायको पर्वलाई प्रदेश सकारले बुझ्न नसकेको आरोप समेत उनीहरूले लगाएका छन्। थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघीमा तीन दिन विदा दिन प्रदेश सरकारसँग माग गरेको छ।

पुष ३०, माघ १ र २ गते सार्वजनिक बिदाको माग गरिएको छ। सभाका कार्यबाहक सभापति माधव चौधरी र समाजका संयोजक दिलबहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले माघीमा एक दिन मात्रै विदा दिएकाले आपति जनाएको छन्।

विज्ञप्तिमा संविधान २०७२ ले गरेको व्यवस्था पूर्ण रुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको आरोप लगाइएको छ।


 

More form the Internet

loading...