Suvadin, Home

छोटी भन्सारको सेवा विस्तार गर्न पहल

उक्त क्षेत्रसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाले छोटी भन्सारको सेवा विस्तार गर्न पहल गरेका छन्। छोटी भन्सारको सेवा विस्तार हुुन नसक्दा सीमावर्ती क्षेत्रबाट हुुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन।
फाइल तस्विर।

काठमाडाैं, २८ पुस – मोरङको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयको सेवा विस्तार हुुने भएको छ। 

उक्त क्षेत्रसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाले छोटी भन्सारको सेवा विस्तार गर्न पहल गरेका छन्। छोटी भन्सारको सेवा विस्तार हुुन नसक्दा सीमावर्ती क्षेत्रबाट हुुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन।

जिल्लाका रंगेली, सुुनवर्सी तथा रतुुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले भन्सार सेवा विस्तारका लागि पहल गरेका छन्। 

रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडियाले आयात निर्यातका लागि मालबाहक सवारी साधनलाई आवतजावतका लागि रंगेली सीमा नाका जोड्ने सडक विस्तार गरिने बताएका छन्।

उक्त नगरपालिका तथा गाउँपालिकाले भन्सारको सेवालाई प्रभावकारी बनाउन सीमा जोडिएका मुुख्य सडकलाई विस्तारका साथै कालोपत्र गर्नेसमेत योजना बनाएको धनपाल गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताएका छन्। 

उक्त क्षेत्रमा रहेको मायागञ्ज भन्सार, रंगेली नगरपालिकामा रहेको चोप्रास्थित छोटीभन्सार, सुुनवर्सी नगरपालिकामा रहेको सिकटी डायनिया भन्सार तथा रतुुवामाई नगरपालिकाअन्तर्गतको कुुटुुमगञ्ज, डोरिया तथा छलगाछी भन्सार सेवा विस्तार हुुन लागेको हो। 

धनपाल गाउँपालिकाका अध्यक्ष सिंहले भन्सारको सेवा सञ्चालनका लागि मन्त्रालयसँग पहल भइरहेको बताएका छन्। छोटी भन्सारको सेवालाई प्रभावकारी बनाउन ती स्थानीय तहले आफ्नो वार्षिक बजेटमा समेत उक्त कार्यक्रमलाई समावेश गरेका छन्। 

सीमा क्षेत्रका विभिन्न नाकामा छोटी भन्सार कार्यालय भएपनि भन्सारले सेवा विस्तार गर्न सकेको छैन। छोटी भन्सारको सेवा विस्तार भएपछि चोरी निकासी नियन्त्रणमा आउने र राजश्व असुुलीमा समेत वृद्धि हुुने देखिन्छ।


 

More form the Internet

loading...