Suvadin, Home

अपहरणमा परे एघार बर्षिया बालक, अपहरकारी पछ्याउदै प्रहरी

बालकलाई मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए। बालकलाई लगिएको स्थलतर्फ प्रहरी परिचालन गरिएको छ। आवश्यक अनुसन्धानका लागि बालककी आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।
अपहरणकाे सांकेतिक फाइल तस्बिर।

सिन्धुली, साउन १ - कमलामाई नगरपालिका– १ डाँडीगुराँसेबाट आज एघार वर्षीय बालकको अपहरण भएको छ। 

बालकलाई बिहान करिब ८ः३० बजे घरै नजिकैबाट कसैले मोटरसाइकलमा राखी अपहरण गरेको बताइएको छ। कमलामाई– १ निवासी नीरबहादुर विश्वकर्माका छोरा निश्चल अपहरणमा परेको वडाध्यक्ष महेश खतिवडाले जानकारी दिए। 

नीलो लुगा लगाएका निश्चललाई कमलामाई–४ ढुङ्ग्रेबाससम्म ल्याएको थाहा हुनआएको वडाध्यक्ष खतिवडाले बताए। अपहृत बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी गराइएको उनले जानकारी दिए।

बालकलाई मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए। बालकलाई लगिएको स्थलतर्फ प्रहरी परिचालन गरिएको छ। आवश्यक अनुसन्धानका लागि बालककी आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । रासस 


 

More form the Internet

loading...