Suvadin, Home
श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन बस, मिनीबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायतको अनुगमन गरी शुक्रबार लगनखेल बसपार्कबाट ६ जना बालकको उद्धार गरिएको हो।

काठमाडौं, ७ वैशाख – सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत ६ जना बालकको उद्धार गरिएको छ। 

श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन बस, मिनीबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायतको अनुगमन गरी शुक्रबार लगनखेल बसपार्कबाट ६ जना बालकको उद्धार गरिएको हो। 

श्रम कार्यालय वाग्मतीका प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको अभियानमा शुक्रबार १ सय ५५ वटा सवारी साधनको अनुगमन गरी सचेतनामूलक स्टिकरसमेत टाँसिएको छ। बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ अनुसार सार्वजनिक यातायातका साधनमा बालबालिकालाई श्रममा लगाउन पाइँदैन। 

सवारी साधनबाट सहचालकका रुपमा कार्यरत १६ वर्षमूनिका ६ जना बालकलाई उद्धार गरी संरक्षण तथा उचित व्यवस्थापनका लागि सामाजिक संस्थामा पठाइएको हो। अभियानलाई निरन्तरता दिइने बाल कल्याण समितिले जनाएको छ। अभियान वैशाख ५ गतेदेखि शुरु भएको हो। 


 

More form the Internet

loading...