Suvadin, Home
Nepal life 2.241M

बालश्रममा रोक नारामै सीमितः १६ लाख बालबालिका जोखिमयुक्त काममा

बाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ बर्षसम्मको व्यक्तिलाई बालबालीका मानेको छ।
चिया बेच्दै एक बालक।

काठमाडौं, २९ भदाै - बाल श्रम रोक्न सरकारले चलाएको सरकारी अभियान नारामा मात्र सीमित भएको छ। ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङ्क अनुसार १६ लाख बालबालिकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन्।

बाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ बर्ष सम्मको व्यक्तिलाई बालबालीका मानेको छ।

महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयले बालबालीका शिर्षकमा यस आर्थिक बर्षमा मात्रै ३ करोड ४३ लाख रुपैंया बजेट बिनीयोजन गरेको छ। यस्तै केन्द्रिय बाल कल्याण समितीसंग बालबालीकाकै लागि खर्च गर्न भनेर छुट्याइएको ९ करोड रुपैंया बजेट छ।

मन्त्रालयको बालबालीका हेर्ने शाखा अधिकृत इन्दीरा आचार्यका अनुसार बिनीयोजीत बजेट सडक बालबालीका व्यवस्थापन, ऐन नियम तर्जुमा, बाल सुधार लगायत शिर्षकमा खर्च हुने गरेको छ। बजेट पर्याप्त भए पनि बालबालीकाको क्षेत्रमा समुचित प्रयोग भएको देखिएको छैन। आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ।


 


 

More form the Internet

loading...