Suvadin, Home

देशभर मनाइयो क्रिसमस दिवस

यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ।

काठमाडौं, १० पुस – क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीस्टको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ।

यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ।

यस अवसरमा आज मानिसले एकापसमा क्रिसमस दिवसको शुभकामना आदान–प्रदान गरेका छन्। यस अवसरमा विभिन्न स्थानमा साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ।

दिवस मनाइएका स्थलमा येशुको शिक्षा एवं उपदेशको चर्चा गरिनाका साथै प्रेम प्रकट गर्दै उपहार आदान–प्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ। येशु ख्रीष्टको शुभ जन्म दिनको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ मनाइन्छ।

नेपालमा क्रिस्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ। हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ। 


 

More form the Internet

loading...