Suvadin, Home

विश्वभरि क्रिसमसकाे राैनक र सुरक्षा व्यवस्था कडा

एक हिंसात्मक इस्लामिक संगठन इस्लामिक स्टेट (आइएस) ले यस्तो आक्रमणको योजना बनाएको भन्दै विभिन्न देशमा यस हप्ताका लागि थप र नयाँ सुरक्षाको प्रबन्ध मिलाइएका समाचारहरु अाइरहेका भएका छन्। 

जकार्ता, ९ पुस – इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। 

विशेषगरी मुस्लिम देश तथा अन्य देशहरुमा पनि इस्लामिक अातंकवादीहरुले क्रिसमसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको हो। 

एक हिंसात्मक इस्लामिक संगठन इस्लामिक स्टेट (आइएस) ले यस्तो आक्रमणको योजना बनाएको भन्दै विभिन्न देशमा यस हप्ताका लागि थप र नयाँ सुरक्षाको प्रबन्ध मिलाइएका समाचारहरु अाइरहेका भएका छन्। 

त्यस्तै, इन्डोनेसियाको राजधानी जकार्तामा पनि यसै प्रयोजनका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको अधिकारीहरुले जनाएका छन्। 

विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनसियाका साथै अन्य देशहरुमा पनि सरकारले नयाँ वर्ष र क्रिसमसको समय पारेर थप सुरक्षाकर्मी खटाउने र सुरक्षालाई थप चुस्त बनाउने तयारी गरिएको छ। 

क्रिसमसको पूर्वसन्ध्या पारेर जकार्तामा हिंसा मच्चाउने तयारी गरिरहेको आशङ्कामा केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेकाे छ। उक्त शहरमा नागरिकको प्रवेशका क्रममा निकै निगरानी बढाइएको छ। 

यसरी गरिएको खोजीका क्रममा पक्राउ परेका केही व्यक्ति इस्लामिक स्टेट (आइएस) सँग सम्बन्ध रहेको अनुुमान गरिएकोले पनि सुुरक्षामा ध्यान दिनुपरेको सुरक्षा अधिकारीहरुको भनाई छ। 

क्रिसमस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल रेस्टुरेन्ट, सपिङ मलहरु आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ।


 

More form the Internet

loading...