Suvadin, Home

महानिर्देशक शर्मालाई ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थप ६ दिन थुनामा राखेर  अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। 
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा।

काठमाडाैं, जेठ २६–विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थप ६ दिन थुनामा राखेर  अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। 

अदालतले कर फछ्र्यौटका क्रममा गैरकानुनी रुपमा व्यवयासीलाई उन्मुक्ति दिएको आरोप पक्राउ परेका शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो। शर्मा जेठ १९ गते पक्राउ परेका थिए।

अख्तियारले अनुसन्धानका लागि ३० दिनको समय माग गरेपनि विशेष अदालतका न्यायाधीश भूपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार सिवाकोटी र महेशप्रसाद पुडासैनीको  संयुक्त इजलासले शुक्रबार गप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

 
 


 

More form the Internet

loading...