Suvadin, Home

सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक २९– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। 

ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको हो।

प्रहरीले सान्तनासँग मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल÷डिपार्चरको रवर स्टाम्प, बंगलादेशी राजदूतावास, काठमाडौँको रबर स्टाम्पलगायतका सामग्रीसहित बरामद गरेको छ। 

सान्तनालाई काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा कीर्ते अपराध मुद्दामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।  


 

More form the Internet

loading...