Suvadin, Home

ईयूको कालोसूचीबाट फड्को मार्न जमर्को

उडान सुरक्षा मापदण्ड ६० भन्दा तल भएकालाई यस्तो सूचीमा राखिन्छ। नेपालको सुरक्षा मापदण्ड ५५ मात्र थियो। त्यसैले २०१३ देखि आईकाओले नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीमा राखेको थियो। तर, नेपालको उडान सुरक्षा मापदण्ड ६६.०८ पुगेको मन्त्री अधिकारीले संसदलाई जानकारी दिए। उनका अनुसार युरोपियन युनियनलाई पनि गम्भीर सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरिएको छ। यसका लागि उसले सेप्टेम्बरमा टोली पठाउनेछ।

काठमाडौं, ८ असार – अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ आईकाओले नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीबाट हटाएको छ। अबको तीन महिनाभित्र युरोपियन युनियनको सूचीबाट पनि हट्ने सरकारको दाबी छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका अनुसार आईकाओले हालै मात्र नेपालले गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीबाट हटाएको हो।

उडान सुरक्षा मापदण्ड ६० भन्दा तल भएकालाई यस्तो सूचीमा राखिन्छ। नेपालको सुरक्षा मापदण्ड ५५ मात्र थियो। त्यसैले २०१३ देखि आईकाओले नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीमा राखेको थियो।

तर, नेपालको उडान सुरक्षा मापदण्ड ६६.०८ पुगेको मन्त्री अधिकारीले संसदलाई जानकारी दिए। उनका अनुसार युरोपियन युनियनलाई पनि गम्भीर सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरिएको छ। यसका लागि उसले सेप्टेम्बरमा टोली पठाउनेछ।

मन्त्री अधिकारीले भने, ‘हामीलाई विश्वास छ, अबको ३ महिनाभित्र हट्नेछ। आईकाओले नै हटाइसकेपछि इर्यूले राखिराख्नुको कुनै औचित्य रहँदैन।’


 

More form the Internet

loading...