लकडाउनमा पिपिई प्रयोग गरेरै भएपनि क्लासिक टेकको सेवा निरन्तर
कोरोना भईरस (कोभिड ( १९) को महामारीमा आक्रान्त बनेको बेला नेपालमा पनि यसको रोकथामका लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ । यस्तो समयमा विभिन्न ठुला साना लगाएत प्राय सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् भने कम्पनी र कार्यालयलाई मात्र इन्टरनेट सेवा जरुरत नभई आमजनताका जीवनमा पनि इन्टरनेटको सेवा अत्यावश्यक भएको छ ।
यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि क्लासिक टेक प्रा. लि. ले हाल कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरिएको जानकारी गराईन्छ । यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा Personal Protective Equipment (PPE) र Safety Kits प्रयोग गर्दै खटिरहेकोे क्लासिक टेक प्रा.लि. का आधिकारिकले जनाउनु भएको छ ।