Suvadin, Home
पशुपतिलाई उदाहरणीय देवस्थलका रुपमा स्थापित गर्ने अभियानमा कोष लागेको उहनको भनाइ थियो। पशुपति पश्चिम ढोकाअघि शुरु भएको सफाइ मन्दिर क्षेत्र, सूर्यघाट, आर्यघाट, वाग्मती नदी किनार र वनकाली क्षेत्रमा मंगलबार सकिएको कोषका सुरक्षा अधिकृत गौरीशंकर पराजुलीले बताएका छन्।

काठमाडौं, वैशाख ४ –  पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ।

विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन्।

पशुपतिलाई उदाहरणीय देवस्थलका रुपमा स्थापित गर्ने अभियानमा कोष लागेको उहनको भनाइ थियो। पशुपति पश्चिम ढोकाअघि शुरु भएको सफाइ मन्दिर क्षेत्र, सूर्यघाट, आर्यघाट, वाग्मती नदी किनार र वनकाली क्षेत्रमा मंगलबार सकिएको कोषका सुरक्षा अधिकृत गौरीशंकर पराजुलीले बताएका छन्।

सफाइसँगै पशुपति परिसरमा रङ्गरोगनसमेत भइरहेको छ। यस वर्ष खेम्स क्लिनिङ, वाग्मती सफाइ महाअभियान र कोषको सहकार्यमा छ महिनादेखि पशुपति क्षेत्र सफाइ भइरहेको छ। सफाइसँगै ढुंगामा समेत पालिस लगाएर टल्काइएको कोषले जनाएको छ।

सफाइमा कोषका कर्मचारी, नेपाली सेनाको कालीप्रसाद गण, नेपाल प्रहरीको पहरा गण, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण, खेम्स क्लिनिङ, मानवसेवा आश्रमलगायत संस्थाको संस्थागत सहभागिता थियो।

सफाइमा पशुपतिमा पूजा एवं दर्शनका लागि आएका भक्तजन पनि सहभागी थिए। विसं २०४४ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन स्थापित कोषले बुधबार ३२ वार्षिकोत्सव मनाउँदैछ।


 

More form the Internet

loading...