Suvadin, Home

Cover Image

पश्चिमी वायुको प्रभावले फेरि वर्षा र हिमपात

नेपालको मौसममा फेरी पश्चिमी वायुको प्रभाव सुरु भएको छ ।

काठमाडौं । नेपालको मौसममा फेरी पश्चिमी वायुको प्रभाव सुरु भएको छ ।

मौसमा आएको परिवर्तनले बुधबार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी आज पनि देशभर बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ८ गते बिहीबार

दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशभर सामान्य बदली रही पश्चिमका केही भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना देखिन्छ ।

फागुन ९ गते शुक्रबार

दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म सामान्य बदली रहने छ।  पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

फागुन १० गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि देखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थान र पश्चिमी पहाड का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।


 

More form the Internet

loading...