Suvadin, Home

Cover Image

आज हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका उच्च पाहाडि तथा पश्चिम तराईका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको छ ।

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका उच्च पाहाडि तथा पश्चिम तराईका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको छ ।

पूर्वी क्षेत्रमा अपराह्नपछि वर्षा हुने देखिए पनि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा भने त्यसअगाडि नै वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ ।

त्यस्तै आज रातीसम्म देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबारसमेत देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली कायमै रहने जनाइएको छ ।

नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।


 

More form the Internet

loading...