Suvadin, Home

Cover Image

आजको मौसम : कतै सामान्य, कतै चट्याङ्गसहित वर्षाको सम्भावना

देशभरको सामान्यदेखि पूर्ण बदली भई विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं । देशभरको सामान्यदेखि पूर्ण बदली भई विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कतै चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । अहिले पश्चिमी क्षेत्रमा पूर्ण बदलि भई केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । अन्य भू–भागमा सामान्य बदली भएको छ । 

महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

यस्तै पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण बदली तथा वर्षा भएको मौसमविदले बताएका छन् ।

मंगलबार दिउँसो देशको पश्चिमी भू–भागमा पूर्ण बदली र बाँकी क्षेत्रमा सामान्य बदली रहने जनाइएको छ । पश्चिमका धेरै स्थान र मध्य तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभर सामान्य बदली रही मध्य तथा पूर्वका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।


 

More form the Internet

loading...