Suvadin, Home

Cover Image

आज हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना

आज (शुक्रबार) पश्चिम तराईबाहेक देशका सबै स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ ।

काठमाडौं । आज (शुक्रबार) पश्चिम तराईबाहेक देशका सबै स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ ।

मौसम पूर्वानमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका सबै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । यसैगरी पश्चिम पहाडमा पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ ।

काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पानी पर्न सुरु भइसकेको छ ।

यस्तो छ महाशाखाको तीन दिनको मौसम पूर्वानुमान

जेठ २ गते (शुक्रबार)

दिउँसोः  देशको मध्य तथा पूर्वी  भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी  भू-भागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३ गते (शनिबार)

दिउँसोः  देशको पूर्वी  तथा मध्य पहाडी भू-भागमा सामान्य  बदली र पश्चिमी पहाडी भू-भागसहित मध्य क्षेत्रको तराइ भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग र मध्य पहाडी भू-भागका थोरै स्थान तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी  भू-भाग सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित  वर्षाको सम्भावना छ।

जेठ ४ गते (आइतबार)

दिउँसोः  देशको पूर्वी  भू-भागमा सामान्य  बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा मध्याह्नपछि आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपराह्नपछि एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको मध्य तथा पूर्वी  पहाडी  भू-भागमा सामान्य  बदली र पूर्वी तराई तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।


 

More form the Internet

loading...