Suvadin, Home

Cover Image

पार्शु अर्याल क्लिन्टन फाउण्डेशनको राजदूतमा नियुक्त

‘यो नेपाली युवाका लागि एउटा राम्रो अवसर हो, हामी विश्वका हरेक देशका युवासँग प्रतिष्पर्धा गर्न सक्छौं भन्ने प्रमाण पनि हो यो,’ पार्शुले शुभदिनसँग भनिन्, ‘राजदूत भएकोमा खुशी पनि छु, साथै जिम्मेवारी बढेको महसुस मैले गरेकी छु।’
पार्शु अर्याल।

काठमाडौं, चैत १८ – नेपाली युवा उद्यमशील अभियन्ता एवं ओया अपर्च्यूनिटिजकी प्रमुख कार्यकारी अधिकृत सिइओ पार्शु अर्याल संयुक्त राज्य अमेरिकास्थित क्लिन्टन फाउण्डेशनको राजदूतमा नियुक्त भएकी छन्।

दक्षिण एशिया क्षेत्रका लागि विशेष राजदूतमा पार्शु नियुक्त भएकी हुन्। विगत लामो समयदेखि युवा उद्यमशीलताका क्षेत्रमा सक्रिय रहेकी उनी विदेशमा शिक्षा हासिल गर्न जाने विद्यार्थीका लागि छात्रवृतिको व्यवस्था गर्दै आएकी छिन्।

‘यो नेपाली युवाका लागि एउटा राम्रो अवसर हो, हामी विश्वका हरेक देशका युवासँग प्रतिष्पर्धा गर्न सक्छौं भन्ने प्रमाण पनि हो यो,’ पार्शुले शुभदिनसँग भनिन्, ‘राजदूत भएकोमा खुशी पनि छु, साथै जिम्मेवारी बढेको महसुस मैले गरेकी छु।’

ओया अपर्च्यूनिटिजले युवा विद्यार्थी र उद्यमीलाई करियर डेभेलोपमेन्टमा परामर्श तथा सहयोग गर्दै आएको छ। ओया अपर्च्यूनिटिजले विश्वव्यापी उद्यमशीलताको विकास र बहस पनि चलाउँदै आएको उनले बताएकी छन्।

यो पनि पढ्नुहोस्ः

विद्यार्थीलार्इ उद्यमशील बनाउन सक्रिय पार्शु, खगेन्द्र र फिराेज


 

More form the Internet

loading...