Suvadin, Home

चिसाेकाे कारण विभिन्न ठाँउमा मृत्यु हुने संख्या बढ्दै

चिसाेकाे कारण दिन प्रतिदिन मृत्युकाे घटनाहरू घटिरहेका छन्। त्यस्तै, सप्तरीको सप्तकोशी नगरपालिका–१ मा आज बिहान स्थानीयवासी ६२ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ। 

काठमाडाैं, २५ पुस – पुसकाे दाेस्राे सातादेखि लगातार बढेको शीतलहर तथा चिसोका कारण तरार्इ क्षेत्रकाे जनजीवन प्रभावित भएकाे छ।

चिसाेकाे कारण दिन प्रतिदिन मृत्युकाे घटनाहरू घटिरहेका छन्। त्यस्तै, सप्तरीको सप्तकोशी नगरपालिका–१ मा आज बिहान स्थानीयवासी ६२ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ। 

पोखरेलको गए राति घरमा सुतिरहेका अवस्थामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताएका छन्। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ। 

यससँगै जिल्लामा चिसोबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ तर, प्रहरीले हालसम्म ७ जनाको मात्र पुष्टि गरेको छ। 

त्यसतै कृष्णाशवरण गाउँपालिका–२ मा आज आगो ताप्ने क्रममा स्थानीयवासी ३५ वर्षीया सञ्जु मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

आफूले लगाएको सारी जल्दा उनको ढाडदेखि तलको भाग जलेको प्रहरीले बताएकाे छ। घाइते मेहतालाई सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।


 

More form the Internet

loading...