Suvadin, Home

जातीय द्वन्द्वका कारण ४० जनाको मृत्यु

श्रोतका अनुसार मारिएका मध्ये अधिकांश हेमा जातीय समुदायका रहेका छन्। उनीहरूलाई लेन्डु आक्रमणकारीरूले एक्कासी रातको समयमा गाँउमै गएर आक्रमण गरेका थिए। घटनास्थलमा पूर्ण शान्ति सुरक्षा कायम गर्न सुरक्षा अधिकारीहरुको बैठक बसेको इतुरी प्रान्तका गभर्नरले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई जानकारी दिएका छन्।
फाइल तस्वीर

 कंगो, फागुन  १८ – लोकतान्त्रिक गणतन्त्र कंगो डिआर कंगोको माजेमा बिहीबार देखि शुक्रबार सम्म भएको भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। हेमा र लेन्डु नाम गरेका दुई जातिकाबीचमा इतुरी प्रान्तमा अन्तरजातीय भिडन्त भएको सुरक्षाकर्मी र स्थानीय श्रोतले जनाएका छन्।

श्रोतका अनुसार मारिएका मध्ये अधिकांश हेमा जातीय समुदायका रहेका छन्। उनीहरूलाई लेन्डु आक्रमणकारीरूले एक्कासी रातको समयमा गाँउमै गएर आक्रमण गरेका थिए। घटनास्थलमा पूर्ण शान्ति सुरक्षा कायम गर्न सुरक्षा अधिकारीहरुको बैठक बसेको इतुरी प्रान्तका गभर्नरले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई जानकारी दिएका छन्।

'आक्रमणमा परी मारिएकाहरूको शव अहिले सम्म पनि माजेको घटनास्थलमै छ, अन्त्येष्टि गर्नु अघि केन्द्रीय सरकारका मानवीयता सम्वन्धी मन्त्रीले घटनास्थलमै गएर शवहरु अवलोकन गर्नुहुने छ भन्ने हामीले चाहेका छौं,' इतुरी नागरिक समाजका अध्यक्ष जेअन बोस्को लालोले भने।

दुई महिना अगाडी देखि भएको हेमा र लेन्डु दुई जात बिचको भिडन्तका क्रममा यसअघि १ सय भन्दा बढीको मृत्यु भएको छ। सदरमुकाम तय गर्नसम्बन्धी विवादका कारण उनीहरूबीचमा भिडन्त हुदै आएको छ।

बेला बेलामा भइरहने भिडन्तमा परी हजारौ घरहरु जलाइएका छन् भने ६० हजार भन्दा बढी स्थानीय बासिन्दा बुनिआ तर्फ विस्थापित भएका छन्। 


 

More form the Internet

loading...